सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

२०७६ फाल्गुन १७, ०६:२८ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई किराना व्यवसायी संघ धनगढीले खाद्यानन सहयोग गरेको छ। मानव सेवा आश्रमलाई किराना व्यवसायी संघ धनगढीले १६ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो।

किराना व्यवसायी संघका अध्यक्ष लक्ष्मणराज पन्तसहितका पदाधिकारीले  मानव सेवा आश्रमलाई खाद्य सहयोग गरेका हुन्। उक्त हस्तान्तरण कार्यक्रमा संघका सचिव संगम पोखरेल, कोषाध्यक्ष स्रामचन्द्र भट्ट, सदस्यहरु मोहनराज कापडी, चेतराज ओझा, देवराज पाण्डेय, श्रृष्टी महरा, रमेश ढाँट, सल्लाहाका हेमन्त भट्टराइ लगायतको सहभागिता रहेको मानव सेवा आश्रम धनगढीले जनाएको छ। 

मानवसेवा आश्रम २०६९ भाद्र १३ गते मकवापुर जिल्लाको हेटौँडामा सुरुवात भएको हो। सडकपेटी एवं सार्वजनिक स्थानहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश मानिसहरुलाई आश्रममा आश्रय दिइएको छ।

हाल सात प्रदेशका १४ जिल्ला र १९ स्थानमा आश्रम सञ्चालनमा छन्। करिब एक हजार एक सय व्यक्तिलाई आश्रमले आश्रय दिएको मानव सेवा आश्रम धनगढी शाखाले बताएको छ। उनीहरुलाई खाना, नाना र छाना आश्रमले दिएको हो। 

धनगढीमा गत वर्षबाट शाखा सञ्चालनमा आएको छ। शाखाले अहिले ३५ जना असाहयलाई आश्रय दिएको छ।  

 

कमेन्ट लोड गर्नुस