कैलालीमा ट्याक्टर दुर्घटना हुँदा नौँ जना घाईते
धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा नौँ जना घाईते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर ६ मा बौनीया–भजनी सडकखण्डमा ट्याक्टरको ट्रली पल्टिदा ९ जना घाईते भएका हुन्।
से १ त २०७७ नम्वरको ट्याक्टरको ट्रली पल्टिदा बर्दगोरीया ५ बस्ने बर्ष ३५ का महादेव चौधरी, २४ बर्षका दिपु चौधरी, ३६ बर्षका झुङगुराम डगौरा, बर्ष ३८ का विष्णु डगौरा, बर्ष २३ का आशाराम डगौरा, २४ बर्षका लखन डगौरा, २६ बर्षका राकेश चौधरी, ४३ बर्षका लाल वहादुर चौधरी र बर्ष ४३ का जुहारीलाल चौधरी घाईते भएका हुन्।
घाईते नौँ जनाकै कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए।