सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लिटल फ्लावर स्कुलद्वारा विद्यार्थी पुरस्कृत

२०७६ फाल्गुन १६, ०७:१५ खबर संवाददाता

धनगढी: धनगढीको लिटल फ्लावर स्कुलको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। वार्षिक रुपमा स्कुलले सञ्चालन गरेका विभिन्न प्रतियोगिता तथा अन्य बाहिरी प्रतियोगितामा विद्यार्थीहरुले हासिल गरेका उपलब्धीहरुमा विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। 

लिटल फ्लावर बोर्डिङ्ग हाइ स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको अध्यक्षतामा सम्पन्न पुरस्कार विरतण कार्यक्रममा प्याब्सन धनगढी नगर कमिटीका अध्यक्ष पदमसिंह साउँदको प्रमुख आथित्यता रहेको थियो। 

प्रमुख अतिथिको आसनबाट बोल्दै साउँदले लिटल फ्लावर बोर्डिङ्ग हाइ स्कुल सैद्धान्तिक ज्ञान मात्रै नभएर विद्यार्थीहरुलाई अन्य शैक्षिक क्रियाकलापसमेत गराउन सफल भएको भन्दै स्कुलको प्रशंसा गरे। 

साथै कार्यक्रममा प्याब्सनका अन्य पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको समेत सहभागीता रहेको लिटल फ्लावर बोर्डिङ्ग हाइ स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीले बताए। 

कमेन्ट लोड गर्नुस