सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट काठ तस्करी गर्दागर्दै जनप्रतिनिधीसहित दुई जना पक्राउ

२०७६ फाल्गुन १६, ०५:३४

धनगढी- कैलालीबाट काठ तस्करी गर्दागर्दै जनप्रतिनिधीसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का सदस्य निरज चौधरी र स्थानीय जित चौधरीलाई ५० थान कडी ढुवानी गर्दैगर्दै सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो।  

सव–वन डिभिजन कार्यालयल चौमालाले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टर समेत नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलका अनुसार शुक्रबार बिहान ४ बजेको सयममा उनीहरुलाई जंगलबाट सव–वन डिभिजन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीको टोलीले पक्राउ गरेको थियो। 

से२प ८९४ नम्बरको ट्याक्टरमा ढुंगा भित्र ५० थान ३/४ का सात फिट लम्बाईका ५० थान कडी ढुवानी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रमुख कडेलले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट ट्याक्टर वडा सदस्य निरज चौधरीको रहेको भन्ने खुलेको छ’ उनले भने ‘ट्याक्टर उनीले नै चलाइरहेका थिए।’

 सव–डिभिजन वन कार्यालय चौमालाका प्रमुख शेरबहादुर भण्डारीका अनुसार ५० थान कडीको २९ दशमलव १६ क्यूफिट हुन्छ। सो अनुसार कडीको मुल्य ४२ हजार हुनआउँछ।

 

कमेन्ट लोड गर्नुस