कैलालीमा युवती मृत्यु प्रकरण : धरौटीमा छुटे चार जना
धनगढी : कैलालीमा आत्महत्या दुरुत्साहन मुद्धा लागेका चार जना धरौटीमा रिहा भएका छन्। गत माघ १६ गतेदेखि वेपत्ता भई केही दिनपछि मृत फेला परेकी कैलालीको अत्तरियाकी २३ वर्षीय उर्मिला विष्ट कार्कीको घटनामा दुरुत्साहनको मुद्धा लागेका चार जना धरौटीमा रिहा भएका हुन्।
उनका श्रीमान रमेश कार्की, नन्दहरु मन्धरी कार्की, लक्ष्मी कार्की बोहोरा र आरसु कार्कीलाई जनही २५ हजार धरौटीमा रिहा गरीको जिल्ला अदालत कैलालीले जनाएको छ। उर्मिलाका माईती पक्षले घटनाको निष्पक्ष छानविनको माग गर्दै चार जनाविरुद्ध दुरुत्साहनमा मुद्धा हालेका थिए।
माघ १६ गते घास काट्न गएकी विष्ट १७ गते सम्म पनि फिर्ता नभएपछि परिवारका सदस्यले खोजतलासका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए। केही दिनपछि उनी मृत फेला परेकी थिईन्।