कैलालीमा टेलिकमको टावर ढल्दा तीन जना घाईते
धनगढी : कैलालीमा टेलिकमको टावर ढल्दा तीन जना घाईते भएका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्वर १ मा नेपाल टेलिकमको पूरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाईते भएका हुन्।
बर्दिया जिल्लाका ३२ बर्षीय चन्द्रवहुदुर चौधरी, ३५ बर्षीय सन्ते चौधरी र २६ बर्षीय माईकल चौधरी घाईते भएका हुन्। उनीहरु तीनै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए।
तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ।