सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी एक आमा २ छोराछोरी अलपत्र छाडेर अर्को बिहे गर्न तयार भएपछि...

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७६ फाल्गुन १५, ०२:०४

कैलाली : कैलालीको टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन्। तेह्र वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ बस्ने छङ्गा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाएपछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमानकी फूपू पर्ने राजकुमारी डगौराले बताए। 

उनले दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकिदिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको बताए। पहिलेका श्रीमान्सँग सम्बन्धविच्छेद गरी प्रक्रियाअनुसार अर्को विवाह गर्नु स्वभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
    
जानकी गाउँपालिका वडा नं ५ पथरैया माइत भएकी मीनाले श्रीमान् बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फूपू डगौराले बताए।

यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताए। उनले कानूनी प्रक्रियाका लागि प्रशासनमार्फत जानुपर्ने बताए। -रासस
 

कमेन्ट लोड गर्नुस