सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हुनेवाला बेहुलीको मृत्युपछि प्रेमीले लेखे– म नि छिट्टै आउँछु !

२०७६ माघ १०, ११:१६ खबर संवाददाता

डेढ बर्ष अगाडी मात्रै कञ्चनपुरका प्रकास टेर र बैतडीको गुरुखोला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोवरीया बस्दै आएकी रमिता भट्ट (रोशनी) ले भागी विवाह गरेका थिए। भागी विवाह गरेपनि दुवै पक्षको परिवारलाई सहमतीमा ल्याउन प्रकास र रमितालाई सहज थिएन्।

जस्का कारण रमिताले प्रकासको नामको सिन्दुर समेत हाल्न सकेकी थिईनन्। भागी विवाहको डेढ बर्षपछि दुवै परिवारको सहमतीमै माघ १३ गते विवाह गर्ने निधो भयो। प्रकास र रमिताको सबैभन्दा खुसीको दिन पनि नजिकै आईरहेको थियो। उनीहरु दुवै विवाहको तयारीमा जुटेका थिए।  

तर बुधवार आफ्नै विवाहको कार्ड बाडिरहेकी रमितालाई कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर दियो। टिप्परले ठक्कर दिएपछि उनी घटनास्थलमै सधैका लागि अस्ताईन्। यो घटनाले रमितासंग भागी विवाह गरेका प्रकास टेर अहिले सबैभन्दा पीडामा छन्। 

उनले आफ्नो पीडा फेसवुकमा पोख्दै लेखेका छन्, ‘तेरो लागि साडी ल्याईदिएको छु बुढी, पर्सि हाम्रो विवाह हो। का छस छिटो आइजा।’ उनले अगाडी लेखेका छन्, ‘मेरै लागि परिवार सहित सवथोक त्याग्यौ तर मलाई बिचमै किन छोडेर गयौ। मैले यति लामो बाटो एक्दै कसरी हिड्ने?’ रमिताको मृत्युपछि अहिले दुवै पक्षको परिवार शोकमा डुवेको छ। स्थानीयले बुधरवा राती सम्म महेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए। अहिले रमिताको शव पोष्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको छ। 

के लेखे प्रकाशले ?

तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।

कमेन्ट लोड गर्नुस