सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई लाख ५० हजार घुस सहित इन्जिनियर रंगेहात पक्राउ

२०७६ मंसिर १३, ०५:०७ खबर संवाददाता

धनगढीमा दुई लाख ५० हजार घुस रकम सहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले दुई लाख ५० हजार घुस रकम सहित धनगढीको शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर त्रिलोक जोशीलाई पक्राउ गरेको हो।

जोशीले टेबुलमुनी लुकाएको अवस्थामा उक्त रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। जोशीले निर्माण व्यवसायीबाट बैतडीमा निर्माणाधिन जिल्ला समन्वय समितिको भवन र दार्चुलाको हिकिला स्वास्थ्य चौकीको रनिङ बिल फरफारक गराईदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। उनलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ।   

 
 

कमेन्ट लोड गर्नुस