धनगढी– १ शिवनगरको निरु ब्युटी पार्लरले गर्यो कपडा बैङ्कलाई सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १० थान कपडा सहयोग गरिएको छ ।
धनगढी– १ शिवनगरको निरु ब्युटी पार्लरकी सन्चालिका निरु साउद र छोरा समोयल साउद ले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हुुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो ।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।