डा. प्रदीप मिश्रद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
धनगढी: नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय मिश्रले आफ्नो विशेषज्ञता कांग्रेसको नीति निर्माणमा उपयोग गर्ने बताएका छन्। स्वास्थ्य नीति सुधार, विपन्न नागरिकको सहज उपचार पहुँच र पेसागत क्षेत्रका आवाजलाई पार्टीको मूलधारमा जोड्ने उनको प्राथमिकता छ।
नेपाल चिकित्सक संघ सुदूरपश्चिमका पूर्वअध्यक्षसमेत रहेका मिश्रले आफूले स्वास्थ्य क्षेत्रको आवाज नीतिगत तहसम्म पुर्याउने बताएकक छन्।