गौरीफन्टा नाकाबाट युवती ओसारपसार गर्ने नेकपाका नेतालाई पक्राउ गर्न अनुमती
कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनका लागि युवतीलाई भारत लैजाने नेकपाका वडा कमिटि अध्यक्षलाई पक्राउ गर्न अदालतले अनुमती दिएको छ। बझाङको वित्थडचिर गाउँपालिका १ का नेकपाका वडा कमिटि अध्यक्ष रमेश बोहोरालाई पक्राउ गर्न जिल्ला अदालत कैलालीले अनुमती दिएको प्रहरीले जनाएको छ। तर उनी फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बोहोरा विरुद्ध मंसिर ७ गते मानव बेचबिखन तथा ओसारपसारको मुद्दा परेको बताए। उनले अदालतबाट पक्राउ गर्ने अनुमती प्राप्त भईसकेको जानकारी दिए। तर बोहोरालाई नेकपाकै नेताको संरक्षणमा फरार गरिएको आरोप लागेको छ।
विवाह गर्ने प्रलोभन देखाएर मंसिर ३ गते भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट माईती नेपालले बैतडीको सिगास गाउँपालिकाकी बिन्दु (नाम परिवर्तन) लाई उद्दार गरेको थियो। तर युवतीसँगै रहेका बोहोरालाई भने नेकपाका नेताकै संरक्षणमा फरार गरिएको आरोप लागेको छ। स्रोतका अनुसार बोहोरालाई नेकपा बझाङका स्थानीय स्तरका जनप्रतिनिधि र प्रदेशसभा सदस्यले नै संरक्षण दिए धनगढीबाट फरार गरेका छन्।
सम्बन्धीत समाचार
धनगढीमा युवती बेचबिखनका लागि भारत लैजाने नेकपाका वडा कमिटि अध्यक्षलाई सांसदको संरक्षण
कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनमा परेकी दुई युवतीको उद्दार