सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनमा परेकी दुई युवतीको उद्दार

माईती नेपालले उद्दार गरेकी युवती
माईती नेपालले उद्दार गरेकी युवती
२०७६ मंसिर ३, ०२:०० खबर संवाददाता

माईती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्दार गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको अवस्थामा आज दुई युवतीको उद्दार गरिएको माईती नेपालले जनाएको छ।

माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले  भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट बैतडीको सिगास गाउँपालिकाकी २० वर्षीया रेखा (नाम परिवर्तन) र डोटीको सायल गाउँपालिकाकी १८ वर्षीया मधु(नाम परिवर्तन) को उद्दार गरिएको जानकारी दिए।

रेखालाई बझाङका रमेश बोहोराले विवाह गर्ने प्रलोभजन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा उद्दार गरिएको चौधरीले बताए तर बोहोरा भने फरार भएका छन्।  सायलकी विवाहित १८ वर्षीया मधुले भने को मार्फत भारत गईरहेको भन्ने कुरा नखुलाएकाले सोधपुछ गरिरहेको चौधरीले दिनेश खबरलाई जानकारी दिए।

दुवैजनाको घर परिवारसंग सम्पर्क भईसकेकाले आफन्तको जिम्मा लगाईने माईती नेपालले जनाएको छ। तर उनीहरुलाई बेचबिखनका लागि भारत लगिदै गरेको आशंका गरिएको छ। 
      

कमेन्ट लोड गर्नुस