सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई दुई सय ५० थान कपडा दान

२०७६ असोज २८, ०१:०७ खबर संवाददाता

धनगढीको कपडा बैँकलाई दुई सय ५० थान कपडा हस्तान्तरण गरिएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैँकलाई कञ्चनपुरको झलारीका खगेन्द्र प्रसाद पाण्डेले कपडा हस्तान्तरण गरेका हुन्। उनले झलारी क्षेत्रबाट कपडा संकरन गरेर बैँकलाई हस्तान्तरण गरेको बताए। कञ्चनपुरमा कपडा संकलन अभियान नै सञ्चालन गरेको साझा पार्टीका शुक्लाफाटाका नगर संयोजक समेत रहेका पाण्डेले बताए। उनले सोमबार महेन्द्रनगरको कपडा बैँकलाई ८० थान कपडा हस्तान्तरण गरेका थिए। 
कपडा बैँकबाट विभिन्न व्यक्तीहरुलाई कपडा निःशुल्क वितरण गरिदै आईएको छ। 

 

कमेन्ट लोड गर्नुस