सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरा प्रकरण : पीडित भनिएकी महिलाद्धारा आफूमाथि कुनै दुर्व्यवहार नभएको भन्दै प्रहरीमा निवेदन

२०७६ असोज १६, ०८:०० खबर संवाददाता

कृष्णबहादुर महरालाई दुर्व्यवहारको आरोप लगाउने महिलाले आफू डिप्रेसनको बिरामी भएको र आफूलाई कसैले कुनै दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा निवेदन दिएकी छिन्।  बानेश्वर प्रहरी वृत्तमा दिइएको निवेदनमा कोही कसैले आफूलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको र बाहिर आएको खबरहरुबारे पनि आफूलाई कुनै जानकारी नरहेको उल्लेख छ। 

पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनेर प्रहरीमा लिखित निवेदन नै दर्ता गराएकाले अब यो घटनाको छानबिन प्रक्रिया रोकिने भएको छ। छानबिनका लागि आफूहरुलाई केही आधार चाहिने भए पनि पीडित भनिएकी महिलाले नै आफूलाई केही नभएको भनिसकेकाले छानबिनको काम अघि बढ्न नसक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।

गत सोमबार राती आफ्नो कोठामा आएका महराले आफूलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको आरोप ती महिलाले लगाएकी थिइन्। संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएसँगै चौतर्फी विरोधकाबीच महरा मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए।

कमेन्ट लोड गर्नुस