सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

२०८३ साउन १८, ०४:०७ खबर संवाददाता

काठमाडौँ: परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

उनी सोमबार बिहान मनोहराबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भट्टराईलाई राहदानी कसुर ऐन अन्तर्गत पक्राउ गरेको हो।

शरणार्थीहरूलाई विदेश जान अनुमति दिएकोलगायत आरोपमा उनी पक्राउ परेका हुन्। ‘राहदानी कसुरमा उनलाई पक्राउ गरिएको हो। शरणार्थी मुद्दासँग जोडिएको विषय छ’ सिआइबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराले भने।

कमेन्ट लोड गर्नुस