सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

२०८३ जेठ ४, ०१:०८ रासस

काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ। 
    
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो। उसका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। माइकल इङग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए भने जर्स मुन्सीले २१  र मार्क वाटले २० रन जोडे। 
    
बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे। त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिए। 

कमेन्ट लोड गर्नुस