बहु–विवाह मुद्दामा फरार डोटीका महिला र पुरुष कैलालीबाट पक्राउ
डोटीः बहु–विवाह मुद्दामा फरार डोटीका महिला र पुरुष कैलालीबाट पक्राउ परेका छन्।
जिल्ला अदालत डोटीको मिति २०७७ पुस २८ गतेको फैसलाले बहु–विवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तोकिएका डोटीको पुर्वीचौकी गाउँपालिका-१ फुलौट घर भई हाल गोदावरी नगरपालिका-९ वल्मीमा लुकिछिपी बस्दै आएका ३२ वर्षीय देवबहादुर ऐर र २६ वर्षकी जानकी चयडा पक्राउ परेका हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रवार कैलालीको गोदावरी नगरपालिका–९ वल्मीबाट पक्राउ गरेको जनाएको छ।