सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

२०८२ माघ १४, ०७:२१ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन्।

उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन्। मंगलवार कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधवार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। 

यस्तो छ कार्यतालिका
क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
प्रदेशः सुदूरपश्चिम प्रदेश

बिहान ९ः३० बजे

तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय)

अपराह्न १२ः३० बजे

पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय

दिउँसो ४ः०० बजे

गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय

राति ८ः०० बजे

बुङ्गल, बझाङ

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन्। 

कमेन्ट लोड गर्नुस