सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा रास्वपाको निर्वाचन कमान्डरमा दीपक ओझा नियुक्त

२०८२ माघ ११, ०२:३३ खबर संवाददाता

धनगढी: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा दीपक ओझालाई निर्वाचन कमान्डर तोकेको छ।

आइतबार पार्टीको क्षेत्रीय सचिवालय उद्घाटन समारोहका क्रममा गोदावरी नगर सभापति रहेका ओझालाई निर्वाचन कमान्डरको जिम्मेवारी दिइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली–४ मा खेमराज कोइराला प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।
 

कमेन्ट लोड गर्नुस