सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा नेकपाको चुनावी कमाण्डरको जिम्मेवारी ओमप्रकाश पुनलाई

२०८२ माघ ११, ०२:२२ खबर संवाददाता

धनगढीः नेपाली कम्युनिष्ट पार्टीको कैलाली क्षेत्र नं. ५ को निर्वाचन लक्षित मूल व्यवस्थापन समितिको संयोजको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलाई दिएको छ। पुनको संयोजकत्वमा गठित ३३ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजक पार्टीका केन्द्रीय सदस्य दिनेशचन्द्र सुवेदीलाई बनाएको छ।

कैलाली क्षेत्र नं. ५ बाट नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट आगामी फानुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रेमबहादुर आले चुनावी मैदानमा छन्।

प्रचार प्रसारलाई व्यापक बनाउन क्षेत्र नं. ५ मा रहेका धनगढी उपमहानगरपालिका १९ वडा र कैलारी गाउँपालिकाका वडा नं. ६ र ९ गरि २१ वडाका वडास्तरीय उपसमिति गठन गरेको नेता पुनले जानकारी दिए।

त्यस्तै प्रचार प्रसार व्यवस्थित बनाउन पार्टीका केन्द्रीय सदस्यहरु र मूल व्यवस्थापन समितिको जिम्मेवारी तोकिएको उनले जानकारी दिए।

जस अनुसार केन्द्रीय सदस्य पुनलाई धनगढी उपमहानगरपालिका–७,१५ र १७, केन्द्रीय सदस्य प्रेम विसीलाई वडा नं. १,२ र ८, केन्द्रीय सदस्य शान्ति नेपालीलाई वडा नं. ९, १० र ११, केन्द्रीय सदस्य लक्ष्मी चौधरीलाई वडा नं। ४,५ र ६, केन्द्रीय सदस्य रमेश धामीलाई वडा नं। ३,११ र १३, केन्द्रीय सदस्य सुशीला बुढाथोकीलाई वडा नं। १४,१८ र १९ र केन्द्रीय सदस्य हनुमान चौधरीलाई धनगढी उपमहानगरपालिका वडा नं. १६,कैलारी गाउँपालिका–६ र ९ को जिम्मेवारी दिइएको जनाइएको छ।

यस्तै, बुद्धिजीवी परिचालन,स्वास्थ्य परिचालन,निर्वाचन आयोग परिचालन,अनुगमन तथा सूचना समन्वय,प्रचारप्रसार,सांस्कृतिक परिचालन,युवा स्वयंसेवक परिचालन,कानुनी परामर्श,दलित परिचालन,आदिवासी जनजाति परिचालन,थारु परिचालन,सुरक्षा तथा प्रशासन समन्वय,जनसम्पर्क समन्वय र विद्यार्थी परिचालन उपसमितिहरु गठन गरिएको नेता पुनले जानकारी दिए।

पार्टीले चुनावी प्रचारप्रसारलाई तीब्र बनाउँदै लगेको बताउँदै नेता पुनले निर्वाचन क्षेत्रभित्रका वडाहरुमा उम्मेदवारको उपस्थितिमा निर्वाचन परिचालन सचिवालय स्थापना गर्ने काम भइरहेको बताए। हालसम्म धनगढी उपमहानगरपालिका वडा नं. १,२,७,९,१४,१५,१८ र १९ मा निर्वाचन तयारी बैठक तथा वडास्तरीय निर्वाचन परिचालन सचिवालय स्थापना गरिएको र अन्य वडामा पनि बैठक,सचिवालय स्थापना गर्ने क्रम जारी रहेको उनले जानकारी दिए।

कमेन्ट लोड गर्नुस