बैतडीमा भरुवा बन्दुक र वारुद सहित एक जना गिरफ्तार
बैतडीः बैतडी प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ ३ः३० बजे पञ्चेश्वर गाउँपालिका–४ महाकाली करिडोर क्षेत्रमा हिँडिरहेका व्यक्तिको साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, बारुद २ डब्बा, ठूला छर्रा ४ वटा, साना छर्रा ३१ वटा, सलाईका ३ बट्टा र १ वटा केप बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ बगौरा बस्ने गम्भीर बहादुर चन्द रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।