सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहद्धारा सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी

२०७६ साउन १६, १२:०९ खबर संवाददाता

प्रतिबन्धित विप्लव समूहले सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी गरेको छ। प्रहरीले कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको जनाएको छ। कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक/एक टावरमा आगजनी गरिएको बताईएको छ।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्बर ६, जानकी गाउँपालिका वडा नम्बर २ र ४, र गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा रहेको एक टावरमा आगजनी गरिएको जानकारी दिए। आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्टोल बक्स लगायतका समान जलेको उनले बताए। 

यस्तै प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुराको काफलीगाडमा रहेको टावरमा पनि आगजनी गरिएको छ। डडेल्धुरामा एनसेलका १५ वटा टावर रहेका छन्। अछामको विनायक नगरपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ।  १८ टावर रहेको डोटीमा एउटा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लाको जोरायल गाँउपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा गयराती आगजनी गरिएको हो। तर कञ्चनपुर, दार्चुला, बैतडी र बाजुरामा एनसेलका टावरमा आगजनी गरिएको विषयमा भने सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस