प्रदर्शनमा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु
काठमाण्डौँः भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो। डा. चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए। जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा उपचारत छन्।