चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८२ भदौ २, ०७:४८
धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २५ दिन कैद सजाय र९ हजार ३४६ जरिवाना तोकिएपछि फरार रहेका गोदावरी नगरपालिका–६ बस्ने २५ वर्षीय उमेश चौधरी आइतवार पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले श्रीपुर बजारबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस