सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस र राजपाद्धारा प्रतिनिधिसभा बैठकमा नाराबाजी

। फोटो स्रोत ।
२०७६ असार २५, ०४:१६

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्। सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि नाराबाजि गरेका हुन्। बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले आफ्नो कुरा हिजो नै राखेको भन्दै बोल्न समय दिएनन्।

उनले बस्न आग्रह गर्दै आफूले नयाँ कुरा सुनाउने बताइरहंदा कांग्रेस र राजपा सांसद उठिराखेपछि उनले बैठक अगाडि बढाएका थिए। लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए। नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए। अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको छ। 

कमेन्ट लोड गर्नुस