सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य निरन्तर बढ्दै, तोलामा एक हजार एक सयले वृद्धि

२०८१ चैत्र ५, १२:३५ खबर संवाददाता

काठमाडौँः सुनको मूल्य निरन्तर बढ्दै गउको छ।

सोमवार प्रतितोला एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा  एक हजार १०० ले बढेर एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ 
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० कायम भएको थियो। यसैगरी, चाँदी प्रतितोला दुई हजार ५० निर्धारण भएको छ। 
 

कमेन्ट लोड गर्नुस