सुनचाँदीको मूल्य घट्यो
२०८३ असोज ९, ०१:५१
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु ३० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६२० कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो।
कमेन्ट लोड गर्नुस