सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीद्धारा लुम्बिनीलाई १२९ रनको लक्ष्य

२०८१ मंसिर २८, १०:४४ खबर संवाददाता

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।

टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन जोड्यो। कर्णालीका लागि विलियम बोसिस्टोले ४४, बाबर हायतले २०, अर्जुन घर्तीले २५ तथा चाडविक वाल्टनले १३ रन जोडे। बलिङमा लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारीले २ तथा सादविन जफर र रोहित पौडेलले समान १ विकेट लिए।

उपाधि होडबाट बाहिरिसकेको लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाको विषय हुनेछ भने अर्को चरणमा स्थान सुरक्षित गर्न कर्णालीलाई आजको खेल जित्नुपर्ने दवाव छ। लुम्बिनीले यसअघि ६ खेल खेलेकामा ५ खेलमा पराजय व्यहोरेको छ भने एक खेलमा जित निकालेको छ।

विराटनगर किङ्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स, जकपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग पराजित भएको लुम्बिनीले चितवन राइनोजलाई भने पराजित गरेको छ। यसअघि पाँच खेल खेलेको कर्णाली जनकपुर र काठमाडौंसँग पराजित भएको थियो भने पोखरा, विराटनगर र चितवनविरुद्ध जित निकालेको थियो।
 

कमेन्ट लोड गर्नुस