सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कौडा खेलिरहेका ६ जना पक्राउ, एक लाख ४७ हजार बरामद

२०८३ कार्तिक २४, ०७:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा कौडा खेलिरहेका ६ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक स्थित जानकी टोल बस्ने ५३ वर्षीय रबिन्द्र के.सी.को घरमा पैसाको हारजित हुने गरि कौडा भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा कौडा खेलिरहेको अवस्थामा निज रबिन्द्र के.सी.समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नगद १ लाख ४७ हजार दुई सय छपन्न र ३ थान कौडासहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस