सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएल हुँदै गरेको मैदानमा सट्‍टेबाजी, चार जना पक्राउ

२०८१ मंसिर १८, ०६:१६

काठमाडौँ : नेपाल प्रिमियर लिग ९एनपीएल०मा सट्‍टेबाजी खेलाएको आरोपमा चार जना पक्राउ परेका छन। भारत कोलकत्ता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुमन धोष, भारत उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा–२ बखरीका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरीका ३० वर्षीय ब्रजेश कुमार पक्राउ परेका हुन।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट पैसाको हार जित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्‍टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

नेपाल प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस