सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसौँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा हुने

साङ्केतिक
साङ्केतिक
२०८१ मंसिर १९, ०६:४३ खबर संवाददाता

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन्।

पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए।

उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रवार मिति घोषणा हुने जानकारी दिए। “खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मङ्सिरमा राष्ट्रिय खेलकुद हुन सकेन। अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ”, मन्त्री चौधरीले भने। पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए।

नेपालमा सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गरे। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो।

कमेन्ट लोड गर्नुस