सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानका राजा–रानी निजी भ्रमणका लागि नेपाल आउने

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर १९, ०६:१४ खबर संवाददाता

काठमाडौँः भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रवार निजी भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन्।

उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन्। काठमाडौंमा तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार ‘भुटानको राजा–रानी शुक्रवार बिहान काठमाडौं आउँदै छन्। यो उनीरूको निजी भ्रमण हो।

उनीहरूले तीनदेखि चार घण्टा काठमाडौंमा बिताउने कार्यक्रम छ।’ भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन। केही साताअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा भुटान गएका थिए। भुटानका राजा–रानीले उक्त समयमा पूर्वराजा ज्ञानेन्द्रलाई उच्च सम्मान दिएका थिए।
 

कमेन्ट लोड गर्नुस