आईजीपीबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
काठमाडौँः नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
बुधबार सरकारले आफूलाई आईजीपीबाट हटाएर मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट निवेदन दिने तयारी गरेका छन्।
सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो।