सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिको आइकोनकि खेलाडीमा वसन्त खत्री छनोट

२०८१ मंसिर ६, १०:४९ खबर संवाददाता

धनगढीः नेपाल प्रिमीयर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनकि खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतवार संञ्चालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनकि खेलाडीको भूमीकामा टोलीमा समावेश भएका हुन्। उनी अब एनपीएल खेल्ने सुदूरपश्चिम रोयल्सको आधीकारीक टोलीमा हुनेछन्। यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतीभा छनोट गर्दै ७ खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राख्नेछ।

आयुब चन्द, अभिषेक पाल, वसन्तसिं कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुशिल रावल र टेक रावतले एनपील अवधीर टोलीसँग प्रशक्षिण गर्ने अवसर पाउनेछन्। रोयल्सले पछिल्लो केही दिन धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ। टोली अब एनपीएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्रसिं ऐरी रहेका छन्। मेन्टरमा अष्ट्रेलीयाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमट्टा छन। रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेके छ।  ब्रान्डन मक्मलेन स्कटल्यान्ड, सेफ अलिजीबे इंग्ल्यान्ड, स्कट कुगेलेइन न्युजल्याण्ड र रोहन मुस्तफा यूएई लाई टीममा समावेश गरेको छ।

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टीममा भित्र्याइएको थियो। अर्जुन र नरेन भने हाल यू१९ टोलीमा व्यस्त छन्।

कमेन्ट लोड गर्नुस