प्रियाले जितिन् अल्ट्रा रेस युटिएमबी मलेसियाको उपाधि
नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन्। मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प्रियाले महिला ५४ किमीतर्फ पहिलो हँदै उपाधि जितेकी हुन्।
उनले निर्धारित दूरी ६ घण्टा ५० मिनेटमा पूरा गरिन्। रेसमा एक हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो। खराब मौसममा कारण रेस केही समय प्रभावित बनेको थियो। आयोजकले रनरहरुलाई डेढ घण्टा चेक पोइन्टमा रोकेर पुनः रेस सुरु गराएको थियो।
पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। गत असोजमा मलेसियामै भएको एसिया ट्रे मास्टर्स रेसको उपाधि जितेकी प्रियाले कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ दोस्रो भएकी थिइन्।