सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बसको ठक्करबाट एक महिला घाइते

फोटो : सगुन खबर
फोटो : सगुन खबर
२०८१ कार्तिक १६, ०४:२५ खबर संवाददाता

धनगढी: बैतडीमा बसको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पाटन नगरपालिका–८ धारीकी ३० बर्षीया शान्ति महरालाई खोड्पे चौराहामा शुक्रवार दिउँसो बसले ठक्कर दिएको हो।

बैतडीको पञ्चेश्वरबाट कञ्चनपुरतर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२४९ नम्बरको बसको पछाडीको डिग्गीको ढोकाले ठक्कर दिँदा उनी टायरमुनी परेकी थिइन्। गुडिरहेको बसको टायरले च्यापिँदा महराको दुवै खुट्टामा चोट लागेको छ।

घाइते महरालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। सामान किनमेलका लागि महरा खोड्पे पुगेकी बताइएको छ।

बस चालक मेलौली नगरपालिका–१ देहीका विरेन्द्रसिंह नायकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस