सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई अटो दुर्घटना हुँदा पाँच जना भाइते

२०८१ कार्तिक २, ०५:४२

धनगढी : बैतडीमा दुई वटा अटो दुर्घटना हुँदा पाँच जना भाइते भएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–६ मा एक र दोगाड केदार गाउँपालिका–७ मा अर्काे अटो दुर्घटना हुँदा पाँच जना घाएते भएका हुन। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोचलेकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६०७० नम्बरको अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ३५ वर्षीय पावर्ती जोशी, सोही ठाउँकी ४५ वर्षीय वसन्ती जोशी, सोही ठाउँका २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० वर्षीया हिरा सार्की घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीले हिरा सार्कीको डिस्चार्ज भएको र अन्य तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बताएको छ। दार्चुलाको शैलेशिखर नगरपालिका–९ का २२ वर्षीय उमेश साउँदले अटो चलाएका थिए। 

उता, डिलासैनी गाउँपालिका–६ डडियामा गोकुलेश्वरबाट चमतडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२– ००१ घ १७९० नम्बरको अटो दुर्घटना हुँदा सीता भट्ट घाइते भएकी हुन। अटो झ्याल खुलेपछि दुर्घटना भएको हो। अटो डिलासैनी गाउँपालिका–६  चौसेडाका ४२ वर्षीय डम्बर सिंह कठायतले चलाएका थिए। अस्पतालमा उपचारपछि भट्ट घर फर्किएकी छन। 

कमेन्ट लोड गर्नुस