सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित चार जना घाइते

२०८१ कार्तिक २, ०२:३६ खबर संवाददाता

बैतडीः बैतडीमा अटो दुर्घटना भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको छ। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवती महिलासहित चार जना घाइते भएका छन्।

दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस