सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘डिएनए’ को टिजर सार्वजनिक 

२०८१ असोज ७, ०६:०७ खबर संवाददाता

काठमाडौंः हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ।

जसमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो फिल्मको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरिएको हो। टिजरमा अभिनेता सुधन पोखरेल एक व्यक्तिले रक्षा गर्न सङ्घर्ष गरिरहेको एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेपछि अचम्मित भावमा देखिन्छन्।

निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर फिल्ममा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।

फिल्म’डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन्।  यो फिल्मको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। फिल्म निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ।

फिल्ममा राजु तामाङको एक्सन निर्देशन रहनेछ। फिल्मका मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली तथा चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन्।


 

कमेन्ट लोड गर्नुस