सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय स्तरीय पौडी प्रतियोगितामा धनगढीको नन्दिनाज एकेडेमी प्रथम

२०८१ असोज ७, ०२:१९ खबर संवाददाता

धनगढी: धनगढीमा सम्पन्न प्रथम अन्तर विद्यालय पौडी प्रतियोगितामा नन्दिनाज एकेडेमी प्रथम भएको छ। क्लब चौलानीले आयोजना गरेको प्रतियोगितामा वाल्मीकि इन्टरन्यास्नल स्कुल र एक्सिस विद्याश्रम क्रमशः दोस्रो र तेस्रो भएका हुन्।

आइतबार क्लब चौलानीमा सम्पन्न प्रतिस्पर्धामा धनगढीका १२ विद्यालयका ९० जना प्रतिस्पर्धीले भाग लिएका थिए। प्रतियोगिता चार उमेर समूहमा खेलाइएको थियो। १० वर्षमुनिको एक समूह, ११-१३ वर्षको अर्को समूह, १४-१६ वर्ष र १७-१९ वर्ष समूहमा प्रतियोगिता खेलाइएको हो।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नन्दिनाज एकेडेमीले ९ स्वर्ण, ५ रजत र ९ कास्य पदेक जितेका हुन्। यस्तै दोस्रो स्थान हासिल गरेको वाल्मीकिले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको छ भने तेस्रो स्थान हासिल गरेको एक्सिस विद्याश्रमले एक स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ।

प्रतियोगितामा पञ्चोदयले ४ पदक, ग्ली एकेडेमीले ३ पदक, सिसिएसले २ पदक, ग्यालेक्सी, त्रिनगर र कैलाली मोडेलले १/१ पदक जितेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयले क्रमशः नगद ५ हजार पाँच सय,३ हजार पाँच सय, र २ हजात पाँच सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, विजेता टोली मध्ये प्रथम हुनेले १२ हजार, दोस्रोले ८ हजार र तेस्रोले ६ हजार बराबरको पौडी पोखरीको टिकट नि:शुल्क प्रदान गरिएको छ।

कमेन्ट लोड गर्नुस