सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा महिला भलिवलमा नेपाल पुलिस च्याम्पियन

२०८१ असोज ६, ०७:०१ खबर संवाददाता

काठमाडौँः नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिसले २५–१६, २५–२२, २५–२३ को जित निकालेको छ। पुलिस समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो। पुलिसले नेपालको लिग विजेताको रुपमा यस च्याम्पियनसिप खल्न पाएको हो।

कमेन्ट लोड गर्नुस