सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले इरानमा सिनियर वर्ल्ड कप ’बीच कबड्डी’ खेल्ने

२०८१ असोज ६, ०४:५० खबर संवाददाता

नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वल्र्ड कप ’बीच’ कबड्डी च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने भएको छ।

आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वल्र्ड कप ’बीच’ कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रश्तुत गर्ने भएको हो। अखिल नेपाल कबड्डी संघले आईतवार एक कार्यक्रम आयोजना गर्दै वल्र्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाई गरे। सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताए।

साथै उनले अली लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याए। यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन्। भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो। तर अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिवन्ध लगाएपछि भारतले सहभागीता जनाउन नपाउने भएको हो।
 

कमेन्ट लोड गर्नुस