सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म ‘सानो संसार’ सेन्सर पास

२०८१ असोज ४, ०७:४६ खबर संवाददाता

काठमाडौँः फिल्म ‘सानो संसार’ सेन्सर पास भएको छ।

बिहीवार केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्म हेर्दै सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको हो। फिल्मलाई सेन्सर बोर्डका प्रतिनिधिले एकदमै राम्रो प्रतिक्रिया दिएको निर्माता अर्जुन कुमारले बताए।

उनका अनुसार सेन्सर बोर्डका प्रतिनिधिले ‘सानो संसार’ हेरेपछि मध्यम वर्गीय परिवारको मर्मस्पर्शी कथाले मन जितेको प्रतिक्रिया दिएका थिए। फिल्म सबै दर्शकले हेर्न पाउने छन्। अगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मले मध्यमवर्गीय परिवारले गर्ने सङ्घर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढङ्गले पस्किएको छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छिन्।  सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ। 
 

कमेन्ट लोड गर्नुस