सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा पुलिस र चन्द्रपुरले अङ्क बाँडे

२०८१ असोज २, ०५:३८ खबर संवाददाता

काठमाडौँः विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा पुलिस र चन्द्रपुर गोलरहित बराबरीमा रोकिए। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

बराबरीसँगै ६ खेलबाट १२ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ। चन्द्रपुरले समान खेलबाट सात अङ्क बनाएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ।

कमेन्ट लोड गर्नुस