सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेरिस पाराओलम्पिकमा नेपाल क्वार्टरफाइनलमा प्रवेश

२०८१ भदौ १४, ०६:१५ खबर संवाददाता

जारी पेरिस पाराओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन्।

शुक्रवार भएको खेलमा उनले मोराल्सलाई ३१–० ले पराजित गरेकी हुन्। यो सँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिस्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन्। यो खेल आजै केही बेरपछि हुँदै छ।
 

कमेन्ट लोड गर्नुस