सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक ३२ अङ्कले वृद्धि

२०८१ साउन १०, ०४:१९ रासस

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन  गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ।

कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ।

नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ। 
 

कमेन्ट लोड गर्नुस