विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा २२ प्रहरी घाइते
विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ।
बुधवार भएको उक्त दुर्घटनामा २२ जना प्रहरी घाइते भएका छन्। डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ‘टु टन’ पल्टिदा २२ जना प्रहरी घाइते भएका हुन्।
घाइते भएका प्रहरीहरूको उपचार विराटनगरस्थित कोशी अस्पताल, न्यूरो र नोबेल मेडिकल कलेजमा भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले बताए। घाइते हुने अधिकांश प्रहरी जवान रहेका छन्।
‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो। भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ।’