सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेश सरकारमा पठाउन कांग्रेसले छान्यो ४ सांसद

२०८१ असार २३, ०३:४३

धनुषाः मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नेपाली कांग्रेसले टुङ्गो लगाएको छ।

पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनारायण यादवलाई मन्त्री बनाउने भएको हो। कांग्रेसले अर्थ मन्त्रालय, ऊर्जा सिचाइ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको छ।

कांग्रेसले ४ मन्त्रालयका लागि नाम टुङ्गो लगाए पनि जनमतले ३ मन्त्रालय मात्र दिन सक्ने जनाएको छ  २५ सांसद रहेको एमालेलाई ४ मन्त्रालय दिने कुरो छ। २२ जना सांसद रहेको काँग्रेसलाई ३ मन्त्रालय दिइने र मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय आफैँले राख्न चाहेका बताइएको छ।
 

कमेन्ट लोड गर्नुस