सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले विमान परिचारक÷परिचारिकाको ५० वर्ष उमेरहद पुर्‍यायो

२०८१ असोज १९, ०९:२२ खबर संवाददाता

काठमाडौँः सरकारले विमान परिचारक÷परिचारिकाको ४५ वर्षे उमेरहद ५० वर्ष पुर्‍याउने भएको छ।

चालक दलका सदस्यहरूसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उमेरहद ५० बढाउन निर्देशन दिएका हुन्। आन्दोलनरत चालक दलका सदस्यहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले उनीहरूले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको समस्या राखेको बताए।

उनले अदालतमा रहेका मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए। उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानी हेर्दा पनि उमेरहद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने बताए।

मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक÷परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने बताएको मन्त्री पाण्डेले उल्लेख गरे।
 

कमेन्ट लोड गर्नुस